सरकारलाई एसको समर्थन मात्र चाहिएको हो : एमाले नेता ज्ञवाली « Khabarhub

सरकारलाई एसको समर्थन मात्र चाहिएको हो : एमाले नेता ज्ञवाली


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारलाई एकीकृत समाजवादीको समर्थन बारेमा मात्र छलफल केन्द्रीत रहेको दाबी गरेका छन्।

डेढ वर्षअघि एमाले फुटाएर बनेको एकीकृत समाजवादीलाई पार्टीमै फर्काएर संसदको सबैभन्दा ठुलो दल बन्न चाहेको समाचार आइरहेका बेला ज्ञवालीले त्यस्तो सम्भावना नरहेको बताएका हुन्।

‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

एमाले अध्यक्ष ओलीनिकट मानिने नेता ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन् । ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ३२ बजे

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको