राजदूत वाग्ले र बहराइनका प्रधानमन्त्री खलिफाबीच भेटवार्ता « Khabarhub

राजदूत वाग्ले र बहराइनका प्रधानमन्त्री खलिफाबीच भेटवार्ता



दोहा – बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले र त्यहाँका युवराज तथा प्रधानमन्त्री राजकुमार सलमान बिन हमाद अल खलिफाबीच भेटवार्ता भएको छ।

राजदूत वाग्लेलाई रिफा प्यालेसमा स्वागत गर्दै युवराज खलिफाले बहराइन–नेपाल सम्बन्धको निरन्तर वृद्धिमा प्रकाश पार्दै साझा हितलाई अगाडि बढाउन समन्वय र सहयोगलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।

युवराजले राजदूत नियुक्ति भएकोमा वाग्लेलाई बधाई दिँदै कूटनीतिक जिम्मेवारीमा सफलताको कामनासमेत गरेका थिए। भेटमा साझा हितका विषयमा र क्षेत्रीय तथा विश्वव्यापी विकासका विषयमा छलफल भएको थियो।

आफ्नो तर्फबाट पनि राजदूत वाग्लेले दुई देशबीचको सहयोगलाई निरन्तरता दिने युवराजाको प्रतिबद्धताको लागि प्रशंसा व्यक्त गर्दै बहराइनको थप प्रगति र समृद्धिको कामना गरे।भेटका अवसरमा दुई देशबीचको सम्बन्ध अभिवृद्धि, श्रमिक कल्याण, पर्यटन तथा व्यापार एवम् हवाई सम्पर्क लगायत साझा हितका विषयमा चर्चा भएको थियो।

बैठकमा शेख मोहम्मद बिन सलमान बिन हमाद अल खलिफा पनि सहभागी थिए। यसैगरी, राजदूत वाग्लेले त्यहाँका पर्यटन मन्त्री फातिमा अल सैराफीसँग पनि शिष्टाचार गर्दै दुई देशबीचको सम्बन्ध, पर्यटकीय विशिष्टता तथा हस्पिटालिटी सेक्टरमा रोजगारीको अवसर लगायतका विषयमा छलफल गरेका छन्।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : १७ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)