५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायताको खाँचो « Khabarhub

५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायताको खाँचो


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइसिआरसीले यसबारे जानकारी दिँदै श्रीलङ्काका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा रहेको उल्लेख गरेको छ ।

हालैका केही महिनायता श्रीलङ्काले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ । यहाँका कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा देखिएको छ ।

पछिल्लो समयमा श्रीलङ्का मुद्रास्फिती, वैदेशिक मुद्राको अभाव झेल्नुपरेको छ । जसका कारण यहाँको आर्थिक अवस्था निकै कमजोर हुदै गएको छ ।
यहाँ आर्थिक समस्यासँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ । खाद्य असुरक्षाका कारण नै यहाँका नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मल बीऊको अभावमा यहाँ स्वदेशी कृषि उपज पनि आवश्यक मात्रामा उत्पादन हुन नसकेको र स्वदेशी खाद्यान्नबा राष्ट्रिय स्तरमा हुने मागको पूर्ति हुन नसकेको बताइएको छ ।

श्रीलङ्कामा आर्थिक समस्यासँगै कृषिमा पनि समस्या उत्पन्न भएको छ । किसानले समयमै मल र बीऊ पाउन नसकेकाले यस्तो आवस्था आएको बताइएको छ ।

यहाँका करिब ४९ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोग्नुपरेको बताइएको छ । यसरी यहाँको जनसंख्याको करिब २२ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको समस्यामा परेको पनि सो प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १ : ३३ बजे

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूको नामावली

जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’

काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो

जेन जी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारले गर्‍यो सम्मान

काठमाडौं– भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका

एमाले अब संसद् पुनःस्थापनाको एजेण्डासँगै निर्वाचनमा केन्द्रित हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं‍- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु