गोरखाको बारपाकमा ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया « Khabarhub

गोरखाको बारपाकमा ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबैको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए ।

शिविरमा चार सय ५० जनाले आँखाको निःशुल्क उपचार सेवा लिएको उनको भनाइ छ । शिविरमा ९७ वर्षकी वृद्धाकोसमेत मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । त्यस्तै दुवै आँखाको दृष्टि गुमाएकी ७७ वर्षीय थरमाया विकको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रिया सफल भएको उनले जानकारी दिए । झण्डै चार वर्षदेखि दृष्टि दुवै आँखाको दृष्टि गुमाएकी विक शल्यक्रिया सफल भएपछि दृष्टि फिर्ता भएकामा खुसीले गद्गद् भएकी थिइन् ।

“आँखाको पट्टी खोलेपछि वृद्धा विक खुसीले नाच्नु नै भयो”, उनले भने, “लामो समयपछि फेरि संसार देख्न पाएकामा उहाँमा खुसीको सीमा नै थिएन ।” नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर एवं नेत्ररोग विशेषज्ञ डा कमलबहादुर खड्काको नेतृत्वको टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको उनले बताए ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग तथा बारपाकस्थित बौद्ध बहुद्देश्यीय सहकारी संस्था, मुटु फाउण्डेसन काठमाडौँ र मनोज एशोसिएसन फ्रान्सले सहयोग शिविर सम्पन्न भएको हो । शिविरमा उपचार गराएकालाई आवश्यकताका आधारमा चस्मा र औषधिलगायत निःशुल्क वितरण उनले जानकारी दिए । गाउँपालिकाको समन्वयमा पालिकाभित्रका वडा नं ३ देखि ८ सम्मका वडामा भने यसअघि नै निःशुल्क आँखा शिविर सम्पन्न भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : १९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६