साँखुमा लाग्ने श्रीस्वस्थानी व्रत तथा शालीनदी मेलाको सबै तयारी पूरा « Khabarhub

साँखुमा लाग्ने श्रीस्वस्थानी व्रत तथा शालीनदी मेलाको सबै तयारी पूरा


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठामडौँ- काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

शुक्रबार साँखुमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले शालीनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधाको लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिए ।

व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौति र चाँगुनारायण स्थान) लगिने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गर्ने, आवश्यक सरसहयोगका लागि नेपाल स्काउट क्रु लगायत बन्दोबस्तीका सामानसहित स्वयंसेवकहरू परिचालित गर्ने बताएका छन् ।

साँखु शालीनदी पुग्नका लागि पर्याप्त बसहरुको व्यवस्था गर्ने, प्रत्येक गाडीमा भाडादर समेत टाँसेर सेवा सुविधा दिने, सुरक्षाका लागि शालीनदी परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेराको व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुको टोली परिचालन गरिने जानकारी दिइएको छ ।

यस्तै भक्तजनहरुका लागि स्वास्थ्यकर्मीहरू सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क रुपमा औषधोपचारको व्यवस्था गरिने, भक्तजनहरुको लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई ध्यानमा राख्दै निःशुल्क मास्क वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मेलामा देश तथा विदेशबाट ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटक आउने शालीनदी सुधार समितिले अपेक्षा लिएको छ । शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यो वर्ष पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : ०३ बजे

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौं – जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

आईपीएल : मुम्बईलाई पञ्चाबले दियो २०१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पंजाब किंग्सले मुम्बई इन्डियन्सलाई

एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ

अर्थमन्त्रीले भने : सबै दलको साझा चिन्तन र एजेण्डा समेटेर नीति तथा कार्यक्रम बनाएका छौँ

काठमाडौं – सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै दलहरूको साझा