आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय « Khabarhub

आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यससँगै गैरकानूनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी उनलाई थप सात वर्षको जेल सजाय सुनाइएको हो । यससँगै उनलाई सबै गरी ३३ वर्षको जेल सजाय तोकिएको छ ।

सन् २०२१ को फेब्रुअरी महिनामा भएको सैन्य ‘कू’ पछि ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकी हिरासतमा राहँदै आएकी छन् । यसबाट म्यानमारको छोटो लोकतान्त्रिक प्रयोगको अन्त्य गरेको भन्दै म्यानमारमा अहिले पनि व्यापक विरोध प्रदर्शन भइरहेको छ ।

केही महिनाअघि उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले राष्ट्रव्यापी निर्वाचन जितेको थियो । यससँगै उनी मुलुकको प्रभावशाली नेताको रूपमा अर्को पाँच वर्षको कार्यकालको लागि तयारी गरिरहेकी थिइन् ।

स्वाधीनताका नायक मानिने आङ सानकी छोरीसमेत रहेकी सुकीले पूर्ववर्ती सैनिक शासनकालमा करिब दुई दशक नजरबन्दमा बिताउनुपरेको थियो ।

गत शुक्रबार सैनिक सरकारको पूर्ण नियनत्रण रहेको एक अदालतले सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको हो । गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा उनलाई दोषी ठहर गरिएको बताइएको छ ।

म्यान्मारमा सुकी निकै लोकप्रिय भएपनि रोहिंग्या सङ्कटसँग जुध्न उनको सरकारले गरेको व्यवहारले अन्तर्राष्ट्रिय स्तरमा उनको विरासतमा गहिरो दाग लागेको टिप्पणी गरिन्छ ।

सन् २०१७ मा सेनाले गरेको दमनका कारण करिब सात लाख ५० हजार रोहिंग्या अल्पसङ्ख्यक समुदायका मािनसहरु गाउँबाट भागेर छिमेकी देश बङ्गलादेशमा जान बाध्य भएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : ४४ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक