इन्द्रावतीमा आँखा उपचार केन्द्र « Khabarhub

इन्द्रावतीमा आँखा उपचार केन्द्र


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गरे ।

इन्द्रावती गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष झम्क नेपालले जानकारी दिए। गाउँठाउँकै अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन् ।

आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै इन्द्रावती गाउँपालिकाका सर्वसाधारणलाई आँखाको सामान्य जाँच तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको नेपालले बताए । अस्पताल सञ्चालनमा आएसँगै स्थानीयको आर्थिक भारसमेत कम हुने भएको छ ।

आवश्यकता र स्रोतले भ्याएसम्म स्वास्थ्य सेवालाई सहज बनाउने नेपालले प्रतिबद्धता व्यक्त गरे । पहिला चौतारा, मेलम्ची तथा काठमाडौँ जान बाध्यता रहेको अब सहज हुने नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजेन्द्रमान ताल्चाभडेँलले बताए।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ३२ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल