भ्रष्टाचार नियन्त्रणको माग « Khabarhub

भ्रष्टाचार नियन्त्रणको माग


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यस संस्थासँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार नियन्त्रणको काम गर्न ध्यानाकर्षण गराएको छ । 

हालै सम्पन्न आम निर्वाचनमा भ्रष्टाचार विरोधी जनभावना सशक्तरूपमा जाहेर भएको र निर्वाचनपछि गठित नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण एवं सदाचार प्रवर्द्धनका निम्ति कार्य गर्नुपर्ने टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले देश र जनताको अपेक्षाअनुरूप भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखी सशक्त एवं प्रभावकारीरूपमा, स्पष्ट परिणाम देखिने गरी कार्य गरोस् भनी टिआइ नेपाल र सोसँग आबद्ध संस्थाको भेलाले माग गरेको पनि उनले जानकारी दिए।

भेलामा महिला जागरण सङ्घ इलाम, नागरिक सरोकार मञ्च मोरङ, संकल्प समुदायमा आधारित पुनःस्थापना नेपाल सुनसरी, मानव अधिकार र वातावरण विकास केन्द्र नेपाल उदयपुर, मानव अधिकार सचेतन तथा विकास केन्द्र दोलखा, भ्रष्टाचारविरुद्ध अभियान चितवनको कार्यक्रममा सहभागिता थियो ।

यसैगरी सुशासनका लागि नागरिक समाज पोखरा, पारदर्शी नेपाल सिद्धार्थनगर रूपन्देही, पारदर्शी सरोकार समूह बुटवल, सुशासन अभियान गुल्मी, बागेश्वरी असल शासन क्लब नेपालगञ्ज, नागरिक सरोकार सङ्घ सुर्खेत, सदाचारका लागि सामाजिक पहल धनगढी, समाज कल्याण समाज दार्चुलाका प्रतिनिधिको

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : ३३ बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम