जनप्रतिनिधिकै मिलेमत्तोमा जथाभावी माटो उत्खनन् « Khabarhub

जनप्रतिनिधिकै मिलेमत्तोमा जथाभावी माटो उत्खनन्


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा– जनप्रतिनिधिसँगको मिलेमतोमा अवैध रुपमा माटो उत्खनन् गर्ने दुई वटा ट्रक र एक वटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोलबजार नगरपालिकाऔ७ चोहर्वास्थित सामुदायिक भवन छेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभुत विद्यालय कदिमाटोल नजिकैबाट अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बा १ क ७३२९ नम्बरको डोजर र ना २ क ९ नम्बरको ट्रक र ज १ क ४९४ नम्बरको  अर्को डोजर नियन्त्रणमा लिएको हो ।

माटो उत्खननका कारण विद्यालय जोखिममा परेको स्थानीयको भनाइ छ। सानो खोल्साको डिलमा रहेको विद्यालय नजिकबाट जथाभावी माटो निकाल्दा विद्यालयमा पहिरो जाने अवस्थामा पुगेको स्थानीय युवाको भनाइ छ ।

नगरकै योजनाको काममा प्रयोग भइरहेको माटो अवैधरुपमा उत्खनन हुँदा पालिकाको दोहोरो करछली भएको स्थानीय युवा बताउँछन् । यसरी दर्ता नभएको खानी वा जमिनबाट माटो खरिद गर्दा राजश्व छली हुन्छ नै । सँगै उपभोक्ताले सस्तोमा किनेर महंगोको विल हाल्न पाउने सुविधा पनि रहन्छ। 

वडाअध्यक्ष हरिशरण ठाकुरले उपभोक्ता समितिले व्यक्तिको नाममा रहेको नम्बरी जमिनबाट माटो ल्याएको बताए । उनले भने, ‘उपभोक्ताले नजिकै रहेको महेन्द्र यादवको नम्बरी जमिनबाट माटो ल्याएको हो, कुनै ऐलानी जमिनबाट होइन्, नजिकै भेटेकाले ल्याएछ ।’

नगरपालिकाको श्रममूलक कार्यक्रम निर्माण कार्य (एलआईपी) कार्यक्रमअन्तर्गत गोलबजार नपा-७ चोहर्वामा अधुरो सामुदायिक भवन फिनिसिङका लागि २० लाख रकम छुट्याएको छ। 

अधुरो सामुदायिक भवन फिनिसिङका लागि उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता नै नगरी काम सुरु गरेको छ । गोलबजार नगरपालिकाका रोजगार संयोजक सुरेश ठाकुरले समिति गठन भएको सुने पनि आधिकारिक रुपमा फाइल आइनसकेको बताए । उनले भने, ‘फाईल नै आएको छैन, फाईल नआई सम्झौता र कार्यादेश कसरी हुन्छ ?’ भन्दै उल्टै प्रतिप्रश्न गरे।

वडा अध्यक्ष हरिशरण ठाकुरले केही दिन पहिला सर्वदलीय सर्वपक्षीय बैठक बसेर समिति गठन गरे पनि अझै जानकारी नआएको बताए । उनले भने, ‘बैठकबाट समिति गठन भइसकेको छ, समितिमा को को छ भन्ने मैले जानकारी लिनुपर्छ, त्यही समितिले काम गरेको होला।’

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १ : २५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा