बागमती गोल्डकपमा १० टोलीले खेल्ने « Khabarhub

बागमती गोल्डकपमा १० टोलीले खेल्ने


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् । यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म प्रतियोगिता हुन लागेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा अमेरिकन क्लब भुटनिजसहित ‘ए’ डिभिजनका सात र मोफसलका दुई टोलीको सहभागिता रहने समितिका अध्यक्ष टीका श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले आठ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु चार लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही रु १०-१० हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको ‘म्यान अफ दी म्याच’ लाई पाँच हजार दिइने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब ७१ लाख खर्च हुने आयोजकको अनुमान छ । खेल बागमती-८, फापरबारीस्थित जनता माविको मैदानमा हुनेछ । चौथो संस्करणको उपाधि अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई हराउँदै ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  २ : ०० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित