पार्टीभित्रैको शक्ति लागेर मलाई हराए : बालकृष्ण खाण « Khabarhub

पार्टीभित्रैको शक्ति लागेर मलाई हराए : बालकृष्ण खाण


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बुटवल– पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गरेका छन् । तर उनले को को परिचालित थिए भनेर खुलाएनन् ।

बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैटौँ साधारणसभा, चौथो अधिवेशनको उद्घाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा शनिबार आयोजित उनले यस्तो बताएका हुन् । 

आफूलाई हराउन विभिन्न शक्ति लागे पनि यसबारे आफूले  कुनै टिप्पणी नगर्ने खाणले बताए । ुगत निर्वाचनमा मेरो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु मलाई हराउन सक्रिय भए, यसबारे कुनै टिप्पणी गर्नु छैन,ु उनले भने । 

उनले वर्तमान सत्ता फेरबदलमा काँग्रेस कहाँनिर चुक्यो भन्ने कुराको समीक्षा हुने पनि बताए । ‘राजनीतिक पार्टीहरूका लागि सत्ता फेरबदल स्वाभाविक प्रक्रिया हो, यसलाई कांग्रेसले अन्यथा लिँदैन । तर कसरी काँग्रेस प्रतिकूल अवस्थामा पुग्यो भन्ने कुराको भने समीक्षा गर्नुपर्छ ,’ उनले भने ।

उनले कहिलेकाँही नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, कांग्रेसको प्रभावकारिताका लागि पार्टीभित्र एकता गरौभन्दा आफू आलोचित हुनुपरेको गुनासो गरे । कार्यक्रममा प्रतिष्ठानका सभापति युवराज गिरीले देशको राजनीतिक परिवर्तनमा नेपाली काँग्रेस पार्टी र बिपीको योगदानबारे स्मरण गर्दै वैभवशाली समाज निर्माणमा योगदान रहेको बताए । 

कार्यक्रममा नेपाली काँग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले राष्ट्रिय एकता र मेलमिलाप एक सिक्काको दुई पाटा भएको भन्दै यसलाई सन्तुलित ढंगले अगाडि बढाउन सके मात्रै पार्टी, राजनीति र देश सफल हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बिपीको दूरदर्शिता र मेलमिलापकै कारण सबैजसो राजनीतिक परिवर्तन सफल भएको बताए । 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ४ : ४४ बजे

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

दमौली– ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा

यामाहाले मनायो ७१ औँ वार्षिकोत्सव

काठमाडौं– यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा

नाटोप्रति ट्रम्पको असन्तुष्टि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’

खामेनीको अन्त्येष्टिअघि क्रान्तिकारी गार्ड प्रमुख वाहिदी सार्वजनिक

दुबई- इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्‍टि

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक संस्थालाई उपचार सेवा नरोक्न आग्रह 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन