मध्यपहाडी लोकमार्ग भासियो | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग भासियो


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा सडक भासिएको छ । सो ठाउँमा पहिरोसमेत खसेको छ ।

वर्षासँगै तालमा पानीको मात्रा बढेपछि मध्यपहाडी लोकमार्ग लगातार कटान भइरहेको छ । कतिपय स्थानमा सडक भासिन थालेको छ ।

कृत्रिम ताल फुट्न सक्ने खतरा रहको स्थानीयवासीले बताएका छन् । पहिरोका कारण मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध हुन थालेको स्थानीयवासी दिनेश शर्माले बताए । “सडक भासिने र पहिरो खस्ने जोखिम बढेको छ”, उनले भने ।

गत वर्ष भदौमा पहिरो खस्दा बडिगाडखोला थुनिएर तीन सय मिटर क्षेत्रमा ताल बनेको थियो । सो क्षेत्रमा पहिरो खसे ढोरपाटन नगरपालिकाको भाग डुबानमा पर्ने तथा ताल फुटे बडिगाडलगायत गुल्मीका तटीय क्षेत्रमा क्षति पुग्ने देखिएको भीमगिठे प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक ऋनबहादुर वैदारले बताए ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : ०५ बजे

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना

अविरल वर्षाले धानबालीमा क्षति

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका