रौतहटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

रौतहटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा म्याजिक र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका २ का ६५ वर्षीय परमात्मा साह र वडा ३ का ५५ वर्षीय गौकरण राय यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ना१ज ६७४९ नम्बरको म्याजिक र बा३९प ६८६५ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार साह र यादव दुबै जनाको टाउकोमा चोट लागेको थियो ।

दुर्घटनामा परेका सवारी तथा म्याजिक चालक चन्द्रपुर ४ का २७ वर्षीय सहुल मियाँ नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : ०४ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण