विश्व इतिहासमा आज गणतन्त्र चीन स्थापना « Khabarhub

विश्व इतिहासमा आज गणतन्त्र चीन स्थापना


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज १ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

युरोपेली देशमा साझा मुद्रा युरो
सन् १९९९ मा युरोपका ११ देशमा साझा मुद्रा युरो प्रचलनमा आएको थियो। सुरुवाती दिनमा बैंक ट्रान्फरमा युरोले बैधता पाए पनि सन् २००२ को १ जनवरीदेखि नोट तथा सिक्का प्रयोगमा आएका थिए। युरोपेली देशमा साझा मुद्राको प्रयोगसँग ती देशमा व्यापार कारोबार सहज भएको छ।

चेकोस्लाभिया विघटन
सन् १९९३ मा चेकोस्लाभिया विघटन भएको थियो। शान्तिपूर्ण ढंगले चेकोस्लाभिया विभाजित भएपछि चेक रिपब्लिक र स्लोभाक गणतन्त्र स्थापना भएका थिए।

रसिया महासंघको स्थापना
सन् १९९२ मा कम्युनिस्ट मुलुक रसिया महासंघको स्थापना भएको थियो। सोभियत युनियनको विघटनपछि आजकै दिन अर्थात १ जनवरीमा रसिया महासंघ स्थापना भएको थियो।

युरोपेली आर्थिक समुदाय स्थापना
सन् १९५८ मा युरोपेली आर्थिक समुदाय ९इइसी० स्थापना भएको थियो। इइसी अहिलेको युरोपेली युनियनको अग्रज हो।

गणतन्त्र चीन स्थापना
सन् १९१२ मा गणतन्त्र चीन स्थापना भएको थियो। सन् १९४९ मा नाम फेरेर जनगणतन्त्र चीन राखिएको थियो।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : ४९ बजे

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा

एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु

काठमाडौं– वैशाख १ देखि जेठ ३ गतेसम्मको अवधिमा देशभर भएका

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

काठमाडौं– गायिका ईश्वरी बरालको नयाँ गीत दही दिन्छु मोही दिन्छु