जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अगामी वर्षदेखि | Khabarhub Khabarhub

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अगामी वर्षदेखि


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ। आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा पुगेछ। आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए।

दुई सय ५२ रोपनी जग्गा अधिग्रहणदेखि डिपिआर सम्पन्न भइसकेको सापकोटाले बताए। अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ। आयोजनाको विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले जानकारी दिए। विद्युत् उत्पादनगृह रहेको इलमा सडक लैजानका लागि त्रिवेणीबाट काम सुरु भएको र विद्युत् उत्पादनगृहलगायतका ठाउँमा पूर्वाधारका काम भइरहेको सुनाए।

त्यस्तै आयोजना निर्माण गर्न एक वर्षभित्र ठेकेदार र परामर्शदाता छनोटको काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ। निर्माण सुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन हुने आयोजना प्रमुख सापकोटाले दाबी गरे। जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६.१ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालिका–४ इलमा पानी खसालेर विद्युत् एक सय छ मेगावाट विद्युत् उत्पादन हुने छ।

आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने बताएको छ। सेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत रहेको छ। त्यस्तै कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत सेयर रहेको छ। बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ।

रु २० अर्ब लगानीमा निर्माण हुने आयोजनाबाट दैनिक रु एक करोड २० लाख आम्दानी हुने कम्पनीले जनाएको छ। आयोजना निर्माणपछि राज्यलाई वार्षिक झण्डै रु २९ करोड राजस्व उपलब्ध हुने बताइएको छ। विसं २०७४ जेठ १६ गते कम्पनी स्थापना गरिएको थियो।

प्रदेश सरकारले ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर खरिद गरेवापत रु ११ करोड ७१ लाख ५० हजार रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई अघिल्लो वर्ष भुक्तानी गरिसकेको छ। यही ठाउँमा ८३ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गर्न अहिले सम्भाव्यता अध्ययनको कामसमेत सुरु भएको छ।

भेरी करिडोर निर्माण तीव्र
जगदुल्ला जलविद्युत् आयोजनालगायतका आयोजना निर्माण गर्न भेरी करिडोरमा स्तरोन्नतिको कामलाई तीव्र बनाएको छ। जाजरकोट सदरमुकामबाट तल्लुसम्मको सडक पक्की गर्ने काम सुरु भएको छ। त्यस्तै तल्लु र अनाहबीचमा रहेको भेरी नदीको पुल निर्माण अन्तिम चरणमा पुर्‍याएको छ।

अन्य सहायक पुल निर्माणको कामसमेत चर्को दबाबपछि सुरु गरिएको सडक डिभिजन चौरजहारीले जनाएको छ। केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याउनका लागि काम जारी रहेको छ। लाइन प्रसारणको काम अहिले तल्लुसम्म पुगेको र डोल्पाको पालिकास्तरको काम गर्न विद्युत् प्राद्यिकरणले बोलपत्र आह्वान गरी काम सुरु गरेको छ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ११ : ११ बजे

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी

जेनजी आन्दोलन : भदौ २३ को बर्बरता र मनोवैज्ञानिक प्रभाव

राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक