तिब्बतमा चीनको दमन जारी, ‘दलाई लामा’ शब्द पनि प्रतिबन्धित « Khabarhub

तिब्बतमा चीनको दमन जारी, ‘दलाई लामा’ शब्द पनि प्रतिबन्धित


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतमा नयाँ नीतिका नाममा मानव अधिकार उल्लङ्घन र साँस्कृतिक अतिक्रमणलाई निरन्तरता दिइरहेको पाइएको छ । तिब्बत प्रेसले जनाएअनुसार कम्युनिष्ट पार्टीको शासन विरोधी आवाज दबाउन चीनले तिब्बतमा दमन जारी राखेको हो ।

पछिल्ला केही समयमा तिब्बतमा तिब्बती विरुद्धको हिंसाका घटना बढेको पनि तिब्बत प्रेसले उल्लेख गरेको छ । अहिले तिब्बतमा तिब्बती संस्कृति र भाषाको प्रयोगमा पनि कडाई गरिएको छ । तिब्बत प्रेसका अनुसार चीनले आफ्नो प्रकाशनमा ‘दलाई लामा’ भन्ने शब्दमाथि पनि प्रतिबन्ध लगाएको छ ।

यसबाहेक चीनले तिब्बतमा जनसङ्ख्या वितरणमा पनि फेरबदलको प्रयास गरिरहेको छ । यसबाट सो क्षेत्रको सांस्कृतिक एवम् जातीय सन्तुलन पनि हेरफेर हुनसक्ने चिन्ता जनाइएको छ ।

यस्तै, चीनले सन् २०२२ को जनवरी महिनामा मात्रै तिब्बतमा रहेका ९९ वटा अग्ला धार्मिक प्रतिमा एवम् ४५ वटा परम्परागत बौद्ध मानेहरु पनि ध्वस्त पारिदिएको तिब्बत प्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : ४८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो