छ लाख १४ हजार एक सय ४८ पर्यटक भित्रिए « Khabarhub

छ लाख १४ हजार एक सय ४८ पर्यटक भित्रिए


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार एक वर्षमा छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका छन् । जुन सन् २०२१ को तुलनामा तीन सय नौ दशमलव ७५ प्रतिशतले बढी हो भने सन् २०२० को तुलनामा एक सय ६६ दशमलव ९२ प्रतिशतले बढी हो ।

सन् २०२० को सुरुवातमै विश्वव्यापी कोरोना महामारीको सङ्क्रमणका कारण दुई वर्ष उल्लेख्य रुपमा घटेको पर्यटनको सङ्ख्या सन् २०२२ मा भने बढेको हो । सरकारले सन् २०१९ को तुलनामा ७५ प्रतिशतले पर्यटकको सङ्ख्या ‘रिकभर’ गर्ने लक्ष्य लिए पनि ५१ दशमलव २९ प्रतिशत ‘रिकभर’ भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने र सन् २०३३ सम्ममा वार्षिक ३५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको बताए । ‘भारत र चीन दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भएको नेपालमा हाम्रो लक्ष्य ठूलो होइन’, उनले भने, ‘पर्यटक बढाउनका लागि आवश्यक पूर्वाधारको निर्माण तथा प्रचारप्रसारमा विशेष ध्यान दिन जरुरी छ ।’ सरकारले सन् २०२३-३३ को अवधिलाई नेपाल भ्रमण दशकका रुपमा मनाउने गरी कार्यक्रम अघि बढाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ०१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको