इरान-पाकिस्तान नाका बन्द हुँदा हजारौँ मजदुरको विचल्ली « Khabarhub

इरान-पाकिस्तान नाका बन्द हुँदा हजारौँ मजदुरको विचल्ली


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरान–पाकिस्तान सीमामा पर्ने तफ्तन नाका बन्द हुँदा हजारौँ मजदुरको विचल्ली भएको छ । पाकिस्तानबाट प्रकाशित हुने इन्तखाब दैनिकका अनुसार एक वर्ष अघिबाट तफ्तन नाका ठप्प हुँदा हजारौँ मजदुरहरु बेरोजगार भएका छन् ।

दैनिक श्रम गरेर जीवन गुजारा गर्दै आएका सो क्षेत्रका हजारौँ मजदुर सहित साना उद्योग एवम् व्यवसाय गर्दै आएका ब्यापारी पनि नाका ठप्प हुँदा समस्यामा परेका छन् ।

उनीहरुका लागि दैनिक दुई छाक खान पनि समस्या रहेको इन्तखाब दैनिकले जनाएको छ । केही समयअघि सो क्षेत्रमा नयाँ पूर्वाधार एवम् संरचना निर्माण गरिएको भएपनि सरकारले नाका बन्द गरिदिँदा स्थानीयको जीवनयापनमा समस्या परेको हो ।

आफ्नो स्वार्थका लागि केही प्रभावशाली व्यक्तिले उक्त नाका बन्द गराएको स्थानीयबासीलाई उद्धृत गर्दै इन्तखाबले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : २४ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये