झगडा गर्दा फाइदा ! दिमाग रचनात्मक हुने « Khabarhub

झगडा गर्दा फाइदा ! दिमाग रचनात्मक हुने


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरमा बालबालिका आपसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सकले बताएको गोरखापत्र दैनिकमा खबर छ।

बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बताए । उनले बालबालिकाको सानोतिनो झगडाले रचनात्मक हुन मद्दत गर्ने जानकारी दिए ।

डा. शाक्य भन्छन्,’एक बच्चाले के सामान लियो, त्यही अर्कोलाई पनि चाहिन्छ, त्यसैमा झगडा हुन्छ, रुन्छ तर त्यही झगडाले अर्को बच्चाले धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छ । दाजु अथवा दिदीले गरेको काम या पढाइले सानो बालबालिकाले पनि धेरै कुरा सिकिरहेको हुन्छ भने विभिन्न रचनात्मक काम पनि गरिरहेको हुन्छ ।’

बालशिक्षाका विशेषज्ञ कुमुद भट्ट भन्छिन्,’बालबालिकाको झगडाले हामीलाई पनि सिक्ने मौका मिल्छ, झगडा गर्नु आफैँमा नराम्रो हो तर बालबालिकाको सानोतिनो झगडाले उनीहरूलाई नै सिर्जनशील बनाइरहेको हुन्छ ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ७ : २२ बजे

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन