विश्व इतिहासमा आज भएका घटनाक्रम « Khabarhub

विश्व इतिहासमा आज भएका घटनाक्रम


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२३ को २ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

स्कटल्यान्डमा ६६ फुटबल फ्यानको मृत्यु
सन् १९७१ को २ जनवरीमा खेल क्षेत्रमा नै एउटा दुःखद घटना भएको थियो। स्कटल्यान्डको ग्लास्गोमा दुई ओटा क्लबबीच आयोजित फुटबल खेलमा भएको झडपमा ६६ जना फुटबल प्रशंसकको मृत्यु हुनुका साथै २०० जना घाईते भएका थिए।

राष्ट्रपति हुनुअघि रेगानले गभर्नरको सपथ खाएको दिन

सन् १९६७ को २ जनवरीमा रोनाल्ड रेगानले क्यालिफोर्निया राज्यको गभर्नरको सपथ खाएका थिए। रेगान सन् १९८१ मा उनी अमेरिकाको ४० औं राष्ट्रपति बनेका थिए।

लुना १ अन्तरिक्षमा

सन् १९५९ मा सोभियत संघको अन्तरिक्ष यान लुना १ चन्द्रमाको नजिक र सूर्यको कक्षमा पुगेको थियो। लुना १ चन्द्रमानजिक र सूर्यको कक्षमा पुग्ने पहिलो यान हो।

नयाँ ग्रह पत्ता लागेको दाबी
सन् १८६० मा अर्बान ली भेअिरले भुल्कान नामक ग्रह पत्ता लगाएको दाबी गरेका थिए। तर, उनको दाबी हालसम्म पनि पुष्टि हुन सकेको छैन्। वृहत खोजीका बाबजुद सो ग्रह अहिलेसम्म देखिएको छैन्।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ६ : ४६ बजे

अमेरिकाबाट डिपोर्ट भएका ३५ मध्ये धेरै दाङ र रुकुमका, तिरेका थिए २ करोडसम्म

काठमाडौं- संयुक्त राज्य अमेरिकाबाट बुधबार नेलकडी र हतकडी लगाएर स्वदेश

सरकारविरुद्ध राँको बालेर सडकमा अनेरास्ववियु (तस्बिरहरू)

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

एनपीएल हेर्ने दर्शकसँग पार्किङ शुल्क उठाएकोमा त्रिविको आपत्ति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कीर्तिपुर क्रिकेट रंगशाला वरपर अवस्थित आफ्नो जग्गामा

चितवनका रिजन ढकालको शिकार बने लुम्बिनीका दुवै ओपनर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन