विश्व इतिहासमा आज भएका घटनाक्रम « Khabarhub

विश्व इतिहासमा आज भएका घटनाक्रम


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२३ को २ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

स्कटल्यान्डमा ६६ फुटबल फ्यानको मृत्यु
सन् १९७१ को २ जनवरीमा खेल क्षेत्रमा नै एउटा दुःखद घटना भएको थियो। स्कटल्यान्डको ग्लास्गोमा दुई ओटा क्लबबीच आयोजित फुटबल खेलमा भएको झडपमा ६६ जना फुटबल प्रशंसकको मृत्यु हुनुका साथै २०० जना घाईते भएका थिए।

राष्ट्रपति हुनुअघि रेगानले गभर्नरको सपथ खाएको दिन

सन् १९६७ को २ जनवरीमा रोनाल्ड रेगानले क्यालिफोर्निया राज्यको गभर्नरको सपथ खाएका थिए। रेगान सन् १९८१ मा उनी अमेरिकाको ४० औं राष्ट्रपति बनेका थिए।

लुना १ अन्तरिक्षमा

सन् १९५९ मा सोभियत संघको अन्तरिक्ष यान लुना १ चन्द्रमाको नजिक र सूर्यको कक्षमा पुगेको थियो। लुना १ चन्द्रमानजिक र सूर्यको कक्षमा पुग्ने पहिलो यान हो।

नयाँ ग्रह पत्ता लागेको दाबी
सन् १८६० मा अर्बान ली भेअिरले भुल्कान नामक ग्रह पत्ता लगाएको दाबी गरेका थिए। तर, उनको दाबी हालसम्म पनि पुष्टि हुन सकेको छैन्। वृहत खोजीका बाबजुद सो ग्रह अहिलेसम्म देखिएको छैन्।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ६ : ४६ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका