भारतसँग ७ विकेटले हार्‍यो श्रीलंका « Khabarhub

भारतसँग ७ विकेटले हार्‍यो श्रीलंका


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै भारत शीर्ष स्थानमा उक्लिएको छ । रोहित शर्माको कीर्तिमानी शतकमा विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई पराजित गरेको हो । रोहितले एकै विश्वकपमा कीर्तिमानी पाँचौ शतक प्रहार गर्दा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो ।

२ सय ६५ रनको औसत लक्ष्य भारतले ४३ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतको जितमा रोहित शर्मा र केएल राहुलले शतक प्रहार गरे । रोहितले १ सय ३ रनको शतकिय ईनिङ्स खेल्दा के एल राहुलले १ सय ११ रन बनाए ।

कप्तान विराट कोहली ३४ रनमा नटआउट रहदाँ ऋषभ पन्त ४ रनमा पेभिलियन फर्किए । हार्दिक पाण्डेया ७ रनमा अविजित रहे । श्रीलंकाका लाथिस मालिङ्गा, कासन राजिथा र इसुरु उडानाले समान एक एक विकेट लिए ।

यसअघि, लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनाएको थियो ।

१२ ओभरमा ४ विकेट गुमाएको श्रीलंकाका लागि एन्जेलो म्याथ्युज र लहिरु थिरिमानेले १ सय १२४ रनको साझेदारी गर्दै श्रीलंकाको सम्मानजनक स्थितिमा पुर्याएका थिए । श्रीलंकाका म्याथ्युजले सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ्स खेले । यस्तै थिरिमानेले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा धनन्जय सिल्भाले २९ रनको योगदान गरे । भारतका जस्प्रित बुम्राले ३ विकेट हात पारे ।

यो जीतसँगै भारतले ९ खेलबाट १५ अंक जोडेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ४७ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४