वासुदेव अधिकारीकाे ‘आमा बाबा’ सार्वजनिक « Khabarhub

वासुदेव अधिकारीकाे ‘आमा बाबा’ सार्वजनिक


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिरुद्ध-भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सो भिडियो सार्वजनिक गरेका हुन् ।

समालोचक डा बरालले गीतका शब्द तथा भाव सुन्दर रहेको धारणा व्यक्त व्यक्त गरे। उनले गीतको अलंकार तथा लय सशक्त रहेको एवं संगीत तथा स्वरस्तरीय रही गीतको भाव र ओजलाई कायम गर्न सकेको टिप्पणी गरे।

‘आमा बाबा’ को सङ्गीत तथा गायन खड्ग न्यौपानेले र निर्देशन प्रकाश धितालले गर्नुभएको हो । भिडियोमा खड्ग न्यौपाने, हिउँवाला गौतम, जोन बम, समीप न्यौपानेले अभिनय गरेका छन् । सो गीतको संगीत संयोजन कुमार थापामगर, रेकर्ड राजेश श्रेष्ठ, मिक्स किशोर थापा, शृङ्गार तथा वेषभूषा प्रतीक्षा भट्टराईले गरेको र रेकर्ड ए वान म्युजिक स्टुडियोमा गरिएको थियो । 

भिडियोको प्रोडक्सन म्यानेजर सूर्य ओली, क्यामेरा उत्सव दाहाल र सम्पादन विकास दाहाल छन् । सो म्युजिकल भिडियोको उत्पादनरप्रस्तुति देवी न्यौपानेले गरेका हुन् ।

कार्यक्रममा संगीतकार तथा गायक खड्ग न्यौपाने, आयोजक संस्थाको तर्फबाट भारती तिम्सिना तथा उपस्थित सहभागीको तर्फबाट फ्रान्सबाट भक्तराज वाग्ले, क्यानडाबाट सुरेन उप्रेती, अमेरिकाबाट ईश्वरी भट्ट, जर्मनीबाट सन्तोष भट्टाराई तथा हेम शेर्पा, नेपालबाट डा मोहन खड्काले भिडियोबारे आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ५ : ४५ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव