पाकिस्तानको खैबर पख्तुनख्वामा एक वर्षमा १ सय बढीलाई मृत्युदण्डको सजाय « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा एक वर्षमा १ सय बढीलाई मृत्युदण्डको सजाय


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको खैबर पख्तुनख्वामा सन् २०२२ मा १ सय भन्दा धेरैलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने ऐन समाचार संस्थाले जनाएअनुसार यस प्रान्तको अदालतले १ सय जनाभन्दा धेरैलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

यससँगै सजाय पाएर मृत्युदण्ड पर्खिरहेकाहरुको सङ्ख्या ४५० नाघेको ऐनले उल्लेख गरेको छ । पछिल्लो ४ वर्षमा यस प्रान्तमा कसैलाई पनि मृत्युदण्ड दिइएको छैन ।

आतंककारी गतिविधिमा संलग्न रहेको अभियोगका दोषीलाई पनि पछिल्लो ४ वर्षमा मृत्युदण्ड दिइएको छैन ।

खैबर पख्तुनख्वामा रहेको प्रतिआतंकवाद विभागसँग आतंककारी गतिविधिलाई निस्तेज गर्न जनशक्ति, स्रोत र क्षमता नरहेको टिप्पणी गरिन्छ ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार पाकिस्तानको पञ्जाब प्रान्तमा गतवर्ष ३ आतंककारी घटना भएकोमा खैबर पख्तुनख्वामा भने ३ सयभन्दा धेरै आतंककारी घटना भएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ३६ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३