पाकिस्तानको खैबर पख्तुनख्वामा एक वर्षमा १ सय बढीलाई मृत्युदण्डको सजाय « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा एक वर्षमा १ सय बढीलाई मृत्युदण्डको सजाय


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको खैबर पख्तुनख्वामा सन् २०२२ मा १ सय भन्दा धेरैलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने ऐन समाचार संस्थाले जनाएअनुसार यस प्रान्तको अदालतले १ सय जनाभन्दा धेरैलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

यससँगै सजाय पाएर मृत्युदण्ड पर्खिरहेकाहरुको सङ्ख्या ४५० नाघेको ऐनले उल्लेख गरेको छ । पछिल्लो ४ वर्षमा यस प्रान्तमा कसैलाई पनि मृत्युदण्ड दिइएको छैन ।

आतंककारी गतिविधिमा संलग्न रहेको अभियोगका दोषीलाई पनि पछिल्लो ४ वर्षमा मृत्युदण्ड दिइएको छैन ।

खैबर पख्तुनख्वामा रहेको प्रतिआतंकवाद विभागसँग आतंककारी गतिविधिलाई निस्तेज गर्न जनशक्ति, स्रोत र क्षमता नरहेको टिप्पणी गरिन्छ ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार पाकिस्तानको पञ्जाब प्रान्तमा गतवर्ष ३ आतंककारी घटना भएकोमा खैबर पख्तुनख्वामा भने ३ सयभन्दा धेरै आतंककारी घटना भएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ३६ बजे

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि