चिसोमा सुरक्षित रहन प्रशासनको आग्रह | Khabarhub Khabarhub

चिसोमा सुरक्षित रहन प्रशासनको आग्रह


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्लामा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको छ । जाडोयाममा चिसोबाट जोगिन न्यानो कपडा लगाउन तथा जोहो गर्न र हिमपात तथा अत्यधिक चिसोको समयमा घरबाहिर लामो समय नबस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताए। उनका अनुसार हिमपातको समयमा न्यानो कपडा, सिरक, कम्बलजस्ता कपडाको प्रयोग गर्न अनुरोध गरिएको छ ।

हिमपातको समयमा चिसो बढ्ने तथा अत्यधिक हुरी-बतास चल्ने भएकाले न्यानो भएर बस्न सुझाव दिइएको उनले बताए । हिमपातपश्चात् हिम पहिरा जान सक्ने भएकाले त्यस्ता सम्भावित जोखिमयुक्त क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ ।

चिसोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ध्यान राख्न र हिमपातको समयमा घरेलु पशुपन्छीलाई सकेसम्म बाहिर खुला नछाड्न सूचित गरिएको छ । पशुपन्छीलाई गोठ तथा टहरामा राखेर घाँस, पराल तथा दाना दिने व्यवस्था गर्न भनिएको छ । 

चिसो मौसममा कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्न सक्ने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ । बिरामी परेमा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गई उपचारको पहुँचमा पुग्न सुझाव दिइएको प्रजिअ खनालले बताए । 

उनका अनुसार घरपालुवा जनावर बिरामी भएमा नजिकैको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सकलाई देखाएर उपचार गराउन अनुरोध गरिएको छ । होटल तथा कोठामा आगो, हिटर तथा गिजर प्रयोग गर्नुपर्दा पर्याप्त मात्रामा भेन्टिलेसनको व्यवस्था गर्न सूचनामार्फत जिल्लावासीलाई अनुरोध गरिएको छ । चिसो बढेसँगै हुनसक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी रहन जिल्लावासीमाझ अनुरोध गरिएको हो । 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ६ : ५१ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्म्पादन समितिको बैठक आज बस्दैछ ।

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौं– नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका

सप्तकोशीमा पानीको सतह अति खतराको विन्दुमा

सुनसरी– सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरनाक विन्दु पार

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको