पाल्पामा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु « Khabarhub

पाल्पामा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाल्पा – जिल्लाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ।

बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

ट्र्याक्टरको ट्रलीमा सवार सारुलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८ : ३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो। ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ८ : १६ बजे

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई