चिसोमा सुरक्षित रहन मनाङ प्रशासनको आग्रह | Khabarhub Khabarhub

चिसोमा सुरक्षित रहन मनाङ प्रशासनको आग्रह


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ। चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो।

जाडो याममा चिसोबाट जोगिन न्यानो कपडा लगाउन, हिमपात तथा अत्यधिक चिसोको समयमा घरबाहिर लामो समय नबस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताइन्। उनका अनुसार हिमपातको समयमा न्यानो कपडा, सिरक, कम्बलजस्ता कपडाको प्रयोग गर्न अनुरोध गरिएको छ।

हिमपातको समयमा चिसो बढ्ने तथा अत्यधिक हुरी/बतास चल्ने भएकाले न्यानो भएर बस्न सुझाव दिइएको उनले बताए। हिमपातपश्चात् हिम पहिरा जान सक्ने भएकाले त्यस्ता सम्भावित जोखिमयुक्त क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ।

चिसोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ध्यान राख्न र हिमपातको समयमा घरेलु पशुपन्छीलाई सकेसम्म बाहिर खुला नछाड्न सूचित गरिएको छ। पशुपन्छीलाई गोठ तथा टहरामा राखेर घाँस, पराल तथा दाना दिने व्यवस्था गर्न भनिएको छ।

चिसो मौसममा कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्न सक्ने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ।होटल तथा कोठामा आगो, हिटर तथा गिजर प्रयोग गर्नुपर्दा पर्याप्त मात्रामा भेन्टिलेसनको व्यवस्था गर्न सूचनामार्फत जिल्लावासीलाई अनुरोध गरिएको छ। चिसो बढेसँगै हुनसक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी रहन जिल्लावासीमाझ अनुरोध गरिएको हो।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १२ : ४५ बजे

आइएमएफले नेपालको अर्थतन्त्र सुध्रिएको भन्यो : अर्थ मन्त्रालय

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको अर्थतन्त्र सुधार हुँदै

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ

मध्यभोटेकोशी आयोजनाबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली

काठमाडौं – चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

तेह्रथुम– जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत