काठमाडौं–फ्रान्समा जारी आठौं संस्करणको फिफा महिला विश्वकप फुटबलको फाइनलमा अमेरिका र नेदरल्यान्डबीचको खेल हुँदैछ ।
साविक विजेता अमेरिका लगातार चौथो पटक उपाधि कब्जा गर्ने लक्ष्यमा छ । फाइनल नेपाली समयअनुसार आज बेलुका पौने ९ बजे फ्रान्सको लियोन ओलम्पिक स्टेडियममा हुँदैछ ।
अमेरिकाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो पटक फाइनलमा पुगेको नेदरल्यान्ड साविक विजेता अमेरिकालाई पराजित गर्दै विश्वकप उपाधिसहित घर फर्किने लक्ष्यमा छ । नेदरल्यान्डले सेमिफाइनलमा स्वीडेनमाथि १–० को रोमाञ्चक जित निकाल्दै अमेरिकासँगको भेट पक्का गरेको थियो ।
सन् २०१५ मा क्यानडामा भएको सातौं संस्करणको विश्वकप इतिहास दोहोर्याउने लक्ष्यमा छ । जहाँ अमेरिकाले तेस्रो पटक उपाधि जितेको थियो ।
प्रतिक्रिया