महिला विश्वकप : ३ पटकको विजेता अमेरिकालाई रोक्ने नेदरल्यान्डको लक्ष्य « Khabarhub

महिला विश्वकप : ३ पटकको विजेता अमेरिकालाई रोक्ने नेदरल्यान्डको लक्ष्य


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फ्रान्समा जारी आठौं संस्करणको फिफा महिला विश्वकप फुटबलको फाइनलमा अमेरिका र नेदरल्यान्डबीचको खेल हुँदैछ ।

साविक विजेता अमेरिका लगातार चौथो पटक उपाधि कब्जा गर्ने लक्ष्यमा छ । फाइनल नेपाली समयअनुसार आज बेलुका पौने ९ बजे फ्रान्सको लियोन ओलम्पिक स्टेडियममा हुँदैछ ।

अमेरिकाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो पटक फाइनलमा पुगेको नेदरल्यान्ड साविक विजेता अमेरिकालाई पराजित गर्दै विश्वकप उपाधिसहित घर फर्किने लक्ष्यमा छ । नेदरल्यान्डले सेमिफाइनलमा स्वीडेनमाथि १–० को रोमाञ्चक जित निकाल्दै अमेरिकासँगको भेट पक्का गरेको थियो ।

सन् २०१५ मा क्यानडामा भएको सातौं संस्करणको विश्वकप इतिहास दोहोर्याउने लक्ष्यमा छ । जहाँ अमेरिकाले तेस्रो पटक उपाधि जितेको थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : ०१ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी