सर्वोच्चले अन्तरिम आदेश नदिएपछि रविको सांसद र मन्त्री पद जोगियो « Khabarhub

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि रविको सांसद र मन्त्री पद जोगियो


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनःप्राप्तिको कुनै पहल नगरेको भन्दै उनको सांसद पद खारेजी मागसहित युवराज पौडेल सफलले दर्ता गराएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए ।

अन्तरिम आदेश नदिने सर्वोच्चको यो निर्णयसँगै चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको पद जोगिएको छ। सांसद पद सुरक्षित भएसँगै उनले अब उपप्रधान तथा गृहमन्त्रीका रुपमा काम गर्न समस्या हुने छैन। 

लामिछानेको सांसद पद खारेजी मागसहित गत मंसिर २८ गते पौडेलले सर्वोच्च अदालतमा रिट हालेका थिए।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ५ : ५९ बजे

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी

 काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले

राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको दुई दिने भ्रमणको  कार्यक्रम

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन

राँझा– बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई