प्रदेश १ मा आज नयाँ सरकार बन्ने | Khabarhub Khabarhub

प्रदेश १ मा आज नयाँ सरकार बन्ने


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। बेलुकीसम्म मुख्यमन्त्रीका लागि दलहरुले दावी पेश गर्ने तयारी गरिरहेका छन्।

९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश एकमा अहिलेको सत्ता साझेदार दलकै सरकार बन्ने सम्भावना छ।

नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन्। जहाँ नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्न पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन्।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ४१ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा

हङकङ सिक्सेस : अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

काठमाडौं– बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव

काठमाडौं– अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव