प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दललाई पनि आग्रह गर्ने रास्वापाको निर्णय « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दललाई पनि आग्रह गर्ने रास्वापाको निर्णय


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरेएको सांसद सन्तोष परियारले जानकारी दिए ।

बैठकमा महामन्त्री मुकुल ढकालले सरकारका न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने साझा कार्यक्रममा समावेश रास्वपाका मुद्दालाई कसरी कार्यान्वयन गराउने भन्नेबारे पनि छलफल भएको परियारले जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेले अन्य दलहरुसँग भएका छलफलका बारेमा पनि जानकारी गराएका थिए । परियारले सोमबार पुनः पार्टीको संसदीय दलको बैठक बस्ने र विभिन्न बिषयमा थप छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : ४६ बजे

एमालेको फौजी दस्ता मोह : रहर कि बाध्यता ?

काठमाडौं– नेकपा एमालेले २०६५ सालमा महेश बस्नेतको नेतृत्वमा युथ फोर्स

अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलन सुरु

जोहानेसबर्ग– अफ्रिकी भूमिमा पहिलोपटक आयोजना भएको समूह–२० (जी–२०) शिखर सम्मेलन

पशुपति चौलागाईं स्मृति अस्पताल : सीमित स्रोतसाधनमा पनि विशेषज्ञ सेवा प्रवाह

दोलखा– बागमती प्रदेश सरकार मातहतको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं

टस हारेको काठमाडौंले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत शनिबारको दोस्रो

मन्त्री घिसिङले लिए बागमतीको ढल व्यवस्थापनबारे जानकारी

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र