भारतको जम्मु कश्मीरका किसान माछापालनतर्फ आकर्षित « Khabarhub

भारतको जम्मु कश्मीरका किसान माछापालनतर्फ आकर्षित


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरका किसानहरु माछापालनतर्फ आकर्षित हुन थालेका छन् । भारतको केन्द्र सरकारले अघि सारेको राष्ट्रिय किसान विकास योजनाबाट प्रकावित भएर जम्मु कश्मीरका किसानहरु माछापालनतर्फ आकर्षित भएका हुन् ।

यसका लागि जम्मु कश्मीरमा मत्स्य विभागले पनि किसानहरुलाई माछापालनका लागि प्रोत्साहन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाट शिक्षा पाएर पनि अवसरबाट बञ्चित भएका युवाहरु लाभान्वित भएको एएनआईले उल्लेख गरेको छ ।

पानीको दिगो स्रोत र जमिनको सानो टुक्रामा थोरै लगानीबाट पनि मनग्य आम्दानी हुने भएकाले किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।

यस्तै, जम्मु कश्मीरको सरकारले पनि किसानहरुलाई माछापालनका लागि आधुनिक प्रविधि, तालिम र अन्य सहयोग गर्दै आएको छ । कश्मीरको ट्राउट माछा विश्वमै लोकप्रिय पनि मानिन्छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ४६ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल