नेपालगञ्जबाट मानसरोवर ‘माउन्टेन फ्लाइट’ तयारी « Khabarhub

नेपालगञ्जबाट मानसरोवर ‘माउन्टेन फ्लाइट’ तयारी


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नाट्टा बाँकेको पहलमा नेपालगञ्जबाट सिधा ‘माउन्टेन फ्लाइट’का रुपमा चीनको कैलाश मानसरोवर उडानको तयारी भइरहेको छ । नेपालगञ्जमा आउने भारतीय पर्यटकका लागि ‘एरियल भ्यु’ देखाउन कैलाश मानसरोवर उडान भर्ने तयारी भइरहेको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरसँग यसबारे कुराकानी भइरहेको र नेपालगञ्जमा माघ १४ गतेदेखि सुरु हुने ‘वेष्टर्न ट्राभल मार्ट’मा कैलाश मानसरोवर उडान भर्ने तयारी भइरहेको हो । मार्टमा उद्घाटन हुने भएपनि त्यसपछि साप्ताहिक रुपमा कर्णाली र सुदूरपश्चिमका सुन्दर पर्यटकीय क्षेत्रको ‘एरियल भ्यु’का साथै माउन्टेन फ्लाइटका रुपमा उडान भर्ने तयारी सुरु गरिएको सिग्देलले बताए ।

‘अहिले प्रारम्भिक रुपमा छलफल गर्दा सबैबाट सकारात्मक प्रतिक्रिया आएको छ । रारा, फोक्सुन्डो, मानसरोवरको साथै कर्णालीको काञ्जिरोवा हिमाल, सिस्ने हिमाल, चंखेली हिमाल लगायतको दृश्य हेर्नका लागि माउन्टेन फ्लाइट गर्छौँ’ उनले भने ।

भारतीय पर्यटकलाई लक्षित गरेर माउन्टेन फ्लाइट गर्दा कर्णाली र सुदूरपश्चिमको पर्यटनका लागि धेरै प्रवद्र्धनको काम हुने पनि उनको भनाई छ । मार्टमा उद्घाटन गरेर साप्ताहिक उडान गर्दा नेपालगञ्जमा आउने भारतीय पर्यटकलाई ठूलो सहयोग पुग्ने पनि उनको भनाई छ ।

यसबारेमा थप छलफल भइरहेको र चाँडै नतिजा आउने उनको भनाई छ । अहिले काठमाडौँ र पोखराबाट माउन्टेन फ्लाइट भइरहेका छन् । तर पश्चिम नेपालमा भने छैन । काठमाडौँबाट सर्वोच्च शिखर सगरमाथादेखि पूर्वी नेपालका हिमालको दृश्यवालोकन गराइने गरिन्छ ।

यस्तै पोखराबाट अन्नपूर्ण लगायत हिमालको लागि माउन्टेन फ्लाइट गरिन्छ । तर पश्चिम नेपालमा माउन्टेन फ्लाइट छैन । जसकारण पश्चिम नेपालमा रहेका अपी, सैपाल, चंखेली हिमाल, सिस्ने हिमाल, काञ्जिरोवा हिमाल ओझेल पर्दै आएका छन् ।

नाट्टा बाँकेले यसपटक ट्राभल मार्टमा केही नयाँ परियोजना सुरु गर्नुका साथै पर्यटकका लागि आकर्षण प्याकेज घोषणा गर्ने तयारी गरिरहेको छ । यसअघि नाट्टा बाँकेले नेपालगञ्ज–पोखरा सिधा उडान गर्नुका साथै नेपालगञ्जमा पर्यटकीय गतिविधि बढाउन ठूलो भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ४४ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा