नेताले पदमा ध्यान दिँदा जनताले सुविधा पाएनन् « Khabarhub

नेताले पदमा ध्यान दिँदा जनताले सुविधा पाएनन्

‘म मन्त्री भएँ भनेर मिडियामा देखाउनु भन्दा जनताका आकांक्षा पुरा गर्नुपर्छ’


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेपछि केही निर्देशन र अनुगमनका काम सुरु भएका छन्। पदमा नपुग्दासम्म जनताका समस्या सम्बोधन गर्ने बाचा गरेका नेतालाई पदमा पुगेपछि निर्देशन र अनुगमनको चटारो देखिन्छ। सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। सरकारले गर्नुपर्ने केही काममा नयाँ नेतृत्व अलमलमा परेकोसमेत देखिन्छ। आखिर जनताका दुःख र राष्ट्रको अपेक्षा सरकारले कसरी पूरा गर्न सक्छ ? यी र यस्तै विषयमा आधारित भएर नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

यो सरकारले जनताले अपेक्षा गरे अनुरुप विकास गर्ला त ?
प्रधानमन्त्रीले आदेश गरेको कुरा कर्मचारीले कार्यान्वयन नै गर्दैनन्। कानुन छैन, कार्यविधि छैन। त्यसैले सरकारले जनताको अपेक्षा अनुसार काम गरिहाल्छ भन्न सकिँदैन। सोझो रूपमा केही व्यक्तिले लोकप्रियता पाउन सक्छन्। यो भनेको अपरिपक्वता हो। प्रधानमन्त्री प्रचण्ड तेस्रो पटक सत्तामा जानु भएको छ। प्रधानमन्त्रीका काम गर्ने हुटहुटी भने देखिन्छ।

सत्ता गुमेर विक्षिप्त बनेको कांग्रेस यति बेलाको सरकार बिग्रियोस् भन्ने आशयमा बसेको छ?
कांग्रेसले आफ्नो पार्टीको स्थापनादेखि नै ल्याएको सिद्धान्तलाई अस्वीकार गर्नेले समेत अंगिकार गरेर आएको कुरामा गर्व गर्नुपर्ने ठाउँ छ। सरकार केही राजनीतिक दलको छ। हामी प्रतिपक्षको भूमिकामा हुन्छौं। लोकतन्त्रमा सरकारसँगै प्रतिपक्षी हुनु पर्दछ भन्ने हो। तर प्रतिपक्षमा बसेर पनि काम गर्न सकिन्छ। विश्वासको मत लिने बेला आउँदैछ। त्यसमा आउला नआउँदा भन्ने आशंका छ। त्यसमा धेरै विचार नमिल्नेसँग गठबन्धन गरेको छ। यो के हुन्छ पछि थाहा होला।

यो सरकारले विश्वासको मत पाउँछ त ?
विश्वासको मत पाउँछ। धेरै दल मिलेका छन्। सबैलाई सत्ता चाहिएको छ, विश्वासको मत पाउँछ जस्तो लाग्छ।

यो सरकारले के गरेर अगाडि जानु पर्ला त ?
कांग्रेस सरकारमा हुँदा पनि जनताका अपेक्षा पूरा गर्न सकेको छैन। तर कांग्रेस सत्तामा वा सत्ता बाहिर बसेर पनि अपरिपक्व निर्णय गर्दैन। स्थायी सरकार र सरकारले गर्नुपर्ने कुराहरू नियम अनुसार गर्नु पर्दथ्यो। प्रधानमन्त्रीको निर्देशन लिखित रुपमा दिएको भए त्यो कार्यान्वयन हुनुपर्छ। बोलेको विषयमा नैतिकता देखाउन पनि सक्नुपर्छ।

अहिलेको सरकारमा नैतिकता भएन ?
सामान्य रूपमा हुने कामलाई पनि सुधार गर्न सकिरहेको छैन। सामान्य कुरालाई ध्यान दिनु पर्दछ। म मन्त्री भएँ भनेर मिडियामा देखाउने भन्दा जनताका आकांक्षामा ध्यान दिनु पर्दछ। जनताको सेवा गर्ने हो भने म मन्त्री नपाए अन्त जान्छु भन्नु नैतिकता होइन। जनताको इच्छा पुरा गर्न मन्त्री चाहिँदैन। आफ्नो पदसँग ध्यान दिँदा जनताले सुविधा पाउँदैनन्। मन्त्रिपरिषद्ले भ्रष्टाचारलाई अन्त्य गर्छु भनेर बोलेर होइन व्यवहारिक रूपमा गर्नुपर्छ। आर्थिक कुरामा यो पुस मसान्तदेखि नै सुधार गर्न लाग्नुपर्छ।

यो सरकारले देश र जनताको हितको लागि के गर्नु पर्ला ?
सबै प्रकारको भ्रष्टाचार व्यवहारिक रूपमा अन्त्य हुनुपर्दछ। अहिले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकारले ध्यान दिनुपर्छ। प्रधानमन्त्रीले बोलेजस्तै काम गरेर देखाउनुपर्छ। अब प्रधानमन्त्रीलाई मैले यो गरेँ भनेर भन्ने छुट मात्र छैन। सस्तो लोकप्रियताको लागि बोल्ने होइन। तर अहिलेको सरकार सत्ता र कुर्सीका लागि दौडिएकाले काम गर्ने अपेक्षा मैले गरेको छैन। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : ५६ बजे

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला