पर्यटन प्रवर्द्धन गर्न वेस्टर्न ट्राभल मार्ट आयोजना हुने « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न वेस्टर्न ट्राभल मार्ट आयोजना हुने


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

राँझा– पश्चिम नेपालमा पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित आगामी माघ २७ देखि २९ गतेसम्म  मार्टका लागि तयारी गरिएको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) जिल्लाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

उनका अनुसार नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्न लागिएको मार्टलाई विशेष महत्वको बनाउने गरी कर्णाली र लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य तथा कला संस्कृतिलाई प्राथमिकतामा राखेर काम गरिने छ । मार्टमा आउने पाहुनालाई पर्यटनसम्बन्धी स्टलदेखि यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्तव्यको भ्रमण, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा र्‍याफटिङ, रारा यात्रा र माउण्टेन फलाइट गराउने तयारी भएको अध्यक्ष सिग्देलले बताए ।

मार्टबाट बाँकेका दुई वटा ऐतिहासिक धार्मिकस्थल नरैनापुरको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिरलाई विशेष रुपमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । यसैगरी नेपालको मौलिक उत्पादनको रुपमा रहेको ‘अल्लो’ बाट निर्माण गरिएको सामग्री र शालिग्रामको प्रचारका लागि आयोजक नाटाले काम गर्ने उनको भनाइ थियो । मार्टका बेला पश्चिम नेपालमा लगानीको वातावरण निर्माण र सम्भावनाको खोजीबारे छलफल गर्न नेपालका पर्यटन व्यवसायी र उद्योगपतिलाई निमन्त्रणा गर्ने तयारी गरिएको नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले जानकारी दिए ।

उनले पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्ने भएकोले पश्चिम नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरि चिनाउने लक्ष्यसहित आफूहरूले काम गरिरहेको जिकिर गरे । दोस्रो पटक नेपालगञ्जमा हुन लागेको मार्टमा सहभागिता जनाउनु पश्चिम क्षेत्रका पर्यटन व्यवसायीका लागि गर्वको कुरा भएको  पर्यटन प्रवर्द्धन मञ्चका जिल्ला संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । ट्राभल मार्टमा भारतको दिल्ली, आगरा, गोण्डा, बनारस र लखनउबाट पर्यटन व्यवसायी तथा पर्यटकलाई ल्याउने तयारी गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १ : २३ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने