वैदेशिक रोजगारीका लागि जापानसँग छलफल भइरहेको छ– मन्त्री विष्ट | Khabarhub Khabarhub

वैदेशिक रोजगारीका लागि जापानसँग छलफल भइरहेको छ– मन्त्री विष्ट


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले मलेसिया जाने कामदारमाथि सिण्डिकेट अन्त्य भएको बताएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा संसद उठाएको प्रश्नको जवाफ दिदै मन्त्री विष्टले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्था छनोट भएपछि विचौलियाले कामदार ठगी खाने सिण्डिकेट अन्त्य भएको बताएका छन् ।

श्रम सम्झौता अनुसार जापानसँग कामदार आपूर्ति गर्न सम्बन्धीत निकायसँग छलफल भइरहेको मन्त्री विष्टले बताए ।

‘मलेसिया जाने कामदारमाथि सिण्डिकेटको अन्त्य भएको छ । विगतमा जस्तो कामदारलाई शोषण गर्ने सस्था बन्द भएका छन् । अन्य देशका पनि सिण्डिकेट अन्त्य गर्ने प्रयासमा मन्त्रालय छ’ उनले भने, ‘सरकारले गत चैतमा श्रम सम्झौता गरेका जापान पनि कामदार पठाउने सबै प्रक्रिया मिलाएको छ । अब चाँड नेपाली श्रमिक जापान पठाइने छ ।’

श्रम सम्झौतामा भएका सर्तअनुसार नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउने उनको भनाइ छ । सरकारले पछिल्लो समय श्रम सम्झौता गरेका देशसँग आवश्यक पुवाधार निर्माण भइरहेको मन्त्री विष्टको जवाफ थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : १३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र