वैदेशिक रोजगारीका लागि जापानसँग छलफल भइरहेको छ– मन्त्री विष्ट « Khabarhub

वैदेशिक रोजगारीका लागि जापानसँग छलफल भइरहेको छ– मन्त्री विष्ट


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले मलेसिया जाने कामदारमाथि सिण्डिकेट अन्त्य भएको बताएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा संसद उठाएको प्रश्नको जवाफ दिदै मन्त्री विष्टले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्था छनोट भएपछि विचौलियाले कामदार ठगी खाने सिण्डिकेट अन्त्य भएको बताएका छन् ।

श्रम सम्झौता अनुसार जापानसँग कामदार आपूर्ति गर्न सम्बन्धीत निकायसँग छलफल भइरहेको मन्त्री विष्टले बताए ।

‘मलेसिया जाने कामदारमाथि सिण्डिकेटको अन्त्य भएको छ । विगतमा जस्तो कामदारलाई शोषण गर्ने सस्था बन्द भएका छन् । अन्य देशका पनि सिण्डिकेट अन्त्य गर्ने प्रयासमा मन्त्रालय छ’ उनले भने, ‘सरकारले गत चैतमा श्रम सम्झौता गरेका जापान पनि कामदार पठाउने सबै प्रक्रिया मिलाएको छ । अब चाँड नेपाली श्रमिक जापान पठाइने छ ।’

श्रम सम्झौतामा भएका सर्तअनुसार नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउने उनको भनाइ छ । सरकारले पछिल्लो समय श्रम सम्झौता गरेका देशसँग आवश्यक पुवाधार निर्माण भइरहेको मन्त्री विष्टको जवाफ थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : १३ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान