बागलुङको जैमिनी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने « Khabarhub

बागलुङको जैमिनी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागलुङको जैमिनी नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिदका लागि १५ लाख रुपैयाँ बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ ।

पालिकाले आफ्नै नगरपालिका मातहतमा रहनेगरी नयाँ एम्बुलेन्स खरिद गर्न थालेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जैमिनी नगरपालिकामा सञ्चालित कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पटक–पटक बिग्रँदै आएकाले पालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने र व्यवस्थापनको जिम्मा पालिकाले अस्पताललाई दिने नगर उपप्रमुख शर्माले बताए ।

“पालिकामा सञ्चालित एम्बुलेन्स पुरानो भयो, बिग्रिएर समस्या भएपछि आफ्नै एम्बुलेन्स खरिद गर्न थालिएको हो”, उपप्रमुख शर्माले भने, “नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने महत्त्वपूर्ण निर्णयसँगै जैमिनी नगरपालिकाको फोहोर व्यवस्थापनका लागि ल्यान्ड फिलसाइट निर्माण गर्ने तयारीसमेत थालिएको छ ।”

नगरको फोहोर व्यवस्थापनमा समस्या भएपछि नगरपालिकाले डम्पिङ साइट निर्माण गर्ने गरी हाल फोहोर फाल्दै आएको जैमिनी नगरपालिका–१ कोप्चे भन्ने स्थानलाई व्यवस्थापन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै पालिकाले हालसम्म स्वास्थ्य चौकी भवन निर्माण हुन नसकेका वडा नं ३ र वडा नं ९ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ०८ बजे

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका