निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने « Khabarhub

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।

गत साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम स्थगित भएको थियो । आगामी माघ २ गतेदेखि ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि इनरोलमेन्ट प्रणाली अनलाइनबाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले जनाएको छ ।

बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित प्रि–इनरोलमेन्ट प्रणाली अनलाइन आवेदन गर्न सकिने आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

विवाह वा बसाई सरेका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा विवाह दर्ता प्रमाणपत्र वा बसाईसराई दर्ता प्रमाणपत्रका आधारमा अनलाइन प्रणालीमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा आवेदन दिन सकिने आयोगले जनाएको छ ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै व्यक्तिले मतदाता नामावलीमा दोहोरो नाम दर्ता नगराउन तथा कानून बमोजिम मतदाता हुन योग्य भएका सम्पूर्ण नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ताका लागि अनलाइनमार्फत आवेदन दिन आयोगले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : ०१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको