चरेशसहित कास्कीबाट एक जना पक्राउ « Khabarhub

चरेशसहित कास्कीबाट एक जना पक्राउ


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाँउपालिका वडा नम्बर १२ घर भएका ३५ वर्षका विरेन शाही रहेका छन् ।

यहि पुस २२ गते साँझ साढे ६ बजे पोखराको पृथ्वीचोकबाट उनी पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शंका लागेर उनको खानतलासी गर्दा चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

उनको साथमा रहको झोलाबाट लागूऔषध चरेश ३ केजी ३०० ग्राम र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शाहीलाई कास्की जिल्ला अदालतबाट सात दिन म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : ५१ बजे

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका