नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु « Khabarhub

नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ। छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सोमबारदेखि दुई देशका सेनाबीच ‘अभ्यास टीक नेल २३–३०११’ सुरु भएको हो।

आगामी माघ २० गतेसम्म सञ्चालन हुने उक्त अभ्यासमा उच्च कोण उद्धार, लडाइँ खोज र उद्धार, विमान उद्धार, उच्च उचाइ/अल्पाइन उद्धार र स्विफ्ट जल उद्धारजस्ता विषयहरू समावेश छन्। छाउनी र नगरकोट इलाकामा सञ्चालन हुने अभ्यासको यो १२औं संस्करण हो।

विशेष फौज बाहिनीपति सहायकरथी भुवन खत्रीको उपस्थितिमा सुरु भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागिता रहेको छ।

संयुक्त अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धारसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : १८ बजे

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु