स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन् « Khabarhub

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्सा – धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् ।

वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । हात खुट्टा कठयाङ्ग्रिने अहिलेको चिसोको बेलासमेत आमनेपालीको स्वास्थ्यलाई जोगाउन सीमा क्षेत्रमा चौविसै घण्टा खटिरेहका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पाँच महिनाभन्दा बढी समयदेखि तलब नदिएको हेल्थ डेक्स इन्र्चाज डा अनिषा महतोले गुनासो गरे ।

उनले एक मेडिकल अफिसर, तीन हेल्थ असिसटेन, दुई जना स्टाफ नर्स, पाँच जना ल्याब टेक्निसियन र दुई कार्यालय सहयोगिको महानगरपालिकाले साउनदेखि नै तलब नपठाकाले आफूहरूलाई ठूलो समस्या परेको बताए ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसँग बुझ्दा उनले हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब सुविधा सङ्घ सरकारले मधेस प्रदेश सरकारलाई पठाएको र प्रदेश सरकारले उक्त रकम महानगरपालिकालाई नपठाएकाले वितरण गर्न नसकिएको जानकारी दिए । उनले प्रदेश सरकारको स्वास्थ्य सचिवलाई मौखिक तथा लिखित रुपमा तलब पठाउन पटकपटक आग्रह गर्दा हालसम्म कुनै सुनुवाइ नभएकाले समस्या देखिएको बताए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ३४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर