गण्डकीमा कांग्रेस मात्रै प्रतिपक्षी « Khabarhub

गण्डकीमा कांग्रेस मात्रै प्रतिपक्षी


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा – नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सिटको कांग्रेस प्रतिपक्षमा पुग्यो।

एकीकृत समाजवादीका दीपक मनाङेले पनि नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि सत्तारुढ दलको सिट ३३ पुगेको छ। निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने लगभग निश्चित थियो। तर राजनीतिक समीकरण फेरिएपछि पहिलो पार्टी कांग्रेस एकाएक सत्ता विमुख भयो।

मंसिर ४ को निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएर चुनाव लडेको माओवादीले कांग्रेसको साथ छोडेर एमालेसँग मिलेपछि केन्द्र सहित सातै प्रदेशमा कांग्रेस सत्ताबाट बाहिरिएको हो।

योसँगै गण्डकीमा डेढ वर्षअघि माओवादीकै कारण सत्ताच्युत भएको एमाले अहिले माओवादीकै साथले सत्तामा पुगेको छ। एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् भने सोमबार नै थप ३ मन्त्रीको शपथ भएको छ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : २२ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार