नेपाल इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने दवाव | Khabarhub Khabarhub

नेपाल इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने दवाव


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी हिरो गोल्डकपअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ ।

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ ।

आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ । आजै हुने खेलमा म्यानमार र भारत पनि प्रतिस्पर्धा गर्दैछन् । यो खेल बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोलअन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना बढी हुन्छ ।

यस्तै म्यानमारले भारतलाई हराएर सानो गोलअन्तरका आधारमा इरानसँग हारेमा पनि नेपाल फाइनल पुग्न सक्छ । चार टोली आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

दुई चरणका खेल समाप्त हुँदासम्म म्यान्मा दुवै खेल जित्दै छ अङ्कसहित शीर्षस्थानमा छ भने नेपाल तीन अङ्कसहित दोस्रो र भारत पनि समान तीन अङ्कसहित तेस्रो स्थानमा छ । इरान अहिलेसम्म अङ्ककविहीन छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : ५३ बजे

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड 

काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम