थाई सेनाको कारवाहीमा ६ लागूऔषध तस्कर मारिए | Khabarhub Khabarhub

थाई सेनाको कारवाहीमा ६ लागूऔषध तस्कर मारिए


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाई सेनाले मुलुकको उत्तरी भागमा गरेको कारवाहीमा छ जना संदिग्ध लागूऔषध तस्कर मारिएका छन् । दक्षिणपूर्वी एसियामा लागूऔषधका लागि निकै कुख्यात मानिने गोल्डेन ट्राएंगल नजिकै घटना भएको थाई अधिकारीले जनाएका छन् ।

यस क्षेत्र थाइल्याण्ड म्यान्मार र लाओस सीमामा रहेको छ । यहाँ बारम्बार हुने गरेको सैन्य कारबाहीको बाबजुद लागूऔषध तस्करीका घटनामा भने कमी नआएको बताइन्छ ।

सैनिक अधिकारीहरुले सोमबार बिहान फ्याङ जिल्लामा १५ देखि २० जना मानिसको समूहसँग मुठभेढ भएको बताएका छन् । छवटा सीमावर्ती प्रान्तको अनुगमन गर्ने फा मुआङ टास्क फोर्सले कारबाहीका क्रममा दोहोरो भिडन्तमा परी छ जना तस्कर मारिएका जनाएको छ ।

गत महिना थाई सेनाको कारवाहीमा म्यान्मारको सीमानजिकै १५ जना लागूऔषध तस्कर मारिएका थिए । तस्कर समूहले आक्रमण गरेपछि जवाफमा गोली चलाएको अधिकारीहरूले जानकारी दिएका छन् ।

तस्करहरुसँग क्रिस्टल मेथाम्फेटामाइन नामक लागूऔषध रहेको बताइएको छ । यस उत्तेजक लागूऔषध म्यान्मारमा उत्पादन हुँदै आएको छ । म्यानमारमा उत्पापदन मेथ छिमेकी मुलुकहरु थाइल्याण्ड र लाओस हुँदै एसिया र विश्वभर निर्यातका लागि पठाइन्छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : ४६ बजे

सयपत्री फूल बिक्री भएपछि किसान खुसी

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको