थाई सेनाको कारवाहीमा ६ लागूऔषध तस्कर मारिए « Khabarhub

थाई सेनाको कारवाहीमा ६ लागूऔषध तस्कर मारिए


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाई सेनाले मुलुकको उत्तरी भागमा गरेको कारवाहीमा छ जना संदिग्ध लागूऔषध तस्कर मारिएका छन् । दक्षिणपूर्वी एसियामा लागूऔषधका लागि निकै कुख्यात मानिने गोल्डेन ट्राएंगल नजिकै घटना भएको थाई अधिकारीले जनाएका छन् ।

यस क्षेत्र थाइल्याण्ड म्यान्मार र लाओस सीमामा रहेको छ । यहाँ बारम्बार हुने गरेको सैन्य कारबाहीको बाबजुद लागूऔषध तस्करीका घटनामा भने कमी नआएको बताइन्छ ।

सैनिक अधिकारीहरुले सोमबार बिहान फ्याङ जिल्लामा १५ देखि २० जना मानिसको समूहसँग मुठभेढ भएको बताएका छन् । छवटा सीमावर्ती प्रान्तको अनुगमन गर्ने फा मुआङ टास्क फोर्सले कारबाहीका क्रममा दोहोरो भिडन्तमा परी छ जना तस्कर मारिएका जनाएको छ ।

गत महिना थाई सेनाको कारवाहीमा म्यान्मारको सीमानजिकै १५ जना लागूऔषध तस्कर मारिएका थिए । तस्कर समूहले आक्रमण गरेपछि जवाफमा गोली चलाएको अधिकारीहरूले जानकारी दिएका छन् ।

तस्करहरुसँग क्रिस्टल मेथाम्फेटामाइन नामक लागूऔषध रहेको बताइएको छ । यस उत्तेजक लागूऔषध म्यान्मारमा उत्पादन हुँदै आएको छ । म्यानमारमा उत्पापदन मेथ छिमेकी मुलुकहरु थाइल्याण्ड र लाओस हुँदै एसिया र विश्वभर निर्यातका लागि पठाइन्छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : ४६ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको