प्रतिबद्धता कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्छ : जसपा सांसद राई « Khabarhub

प्रतिबद्धता कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्छ : जसपा सांसद राई


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका सांसद अशोक राईले सुशासनसहितको आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अर्थतन्त्रको विद्यमान चुनौतीको समाधान गरी बेरोजगारी अन्त्य र रोजगारी सिर्जना सरकारको दायित्व रहेको बताए ।

उनले विकासका पूर्वाधारलाई द्रूत गतिमा अगाडि बढाउनुपर्ने बताए । राजनीतिक उपलब्धिको रक्षा गर्दै गणतन्त्र सुदृढीकरण गर्नुपर्नेमा जोड दिँदै उनले संविधानको सबल पक्षको व्यावहारिक कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

जनमत पार्टीकी सांसद अनिता देवीले नागरिकता, मललगायत शिक्षा, स्वास्थ्य तथा रोजगारीका समस्या समाधान गर्ने सरकारको नीतिगत प्राथमिकतालाई स्वागत गर्दै आफ्नो पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताइन् । उनले समावेशी विकासका अवधारणालाई अङ्गीकार गर्दै सन्तुलित विकास अगाडि बढाउनुपर्ने टिप्पणी गरिन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारले ल्याएको नीति कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताए । उनले नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नहुँदासम्म सरकारलाई विश्वासको मत दिए पनि आफूहरु प्रतिपक्षमा बस्ने बताइन् । उनले टीकापुर घटनाका राजबन्दीलाई तत्काल रिहाइ गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : २६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको