ट्रम्प प्रशासन असक्षम र असुरक्षित रहेको टिप्पणी « Khabarhub

ट्रम्प प्रशासन असक्षम र असुरक्षित रहेको टिप्पणी


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– अमेरिकाका लागि बेलायती राजदूत सर किम डराकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन असक्षम र असुरक्षित रहेको टिप्पणी गरेका छन् ।

अमेरिकाका लागि बेलायती राजदूत डराकले पठाएको गोप्य इमेलमा ट्रम्प प्रशासनका कारण ह्वाइट हाउस विभाजित रहेको टिप्पणी गरिएको छ । उनका गोप्य इमेल मेल अन सण्डे नामक बेलायती अखबारले सार्वजनिक गरेको हो ।

बेलायतका विदेश मन्त्रालयले ती इमेलहरु ‘हानीप्रद’ रहेको प्रतिक्रिया दिएपनि इमेलको यथार्थताबारे कुनै टिप्पणी गरेको छैन । यसबारे ट्रम्प प्रशासनको टिप्पणी पनि सार्वजनिक भइसकेको छैन ।

इमेलमा राजदूत डराकले ट्रम्प प्रशासन सामान्य, सुरक्षित र सक्षम भइहाल्ने सम्भावना नरहेको समेत टिप्पणी गरेका छन् । त्यस्तै, इमेलमा उनले ट्रम्प आत्मकेन्द्रित रहेको समेत उल्लेख गरेका छन् । सन् २०१७ देखि हालसम्म पठाइएका विभिन्न इमेलमा राजदूतले ट्रम्प प्रशासनका विदेश नीतिबारे पनि चर्को आलोचना गरेको सन्डे टाइम्सले खुलासा गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : १५ बजे

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान