चीनले ल्यायो नयाँ साइबर कानून « Khabarhub

चीनले ल्यायो नयाँ साइबर कानून


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ कम्युनिष्ट पार्टीको छवि धुमिल्याउने किसिमका सामग्री नियन्त्रण गर्नका लागि चीनले नयाँ साइबर कानून लागू गरेको छ ।

अष्ट्रियाको राजधानी भियनामा रहेको भोइस अगेन्स्ट अटोक्रेसी (भीओए) ले जनाएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको छवि बिगार्ने सामग्री नियन्त्रणका लागि नयाँ इन्टरनेट तथा साइबर कानून ल्याइएको हो ।

कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न भन्दै शून्य कोभिड नीतिअन्तर्गत चीनमा लगाइएको कठोर लकडाउनविरुद्ध गएको नोभेम्बर र डिसेम्बर महिनामा विशाल प्रदर्शन भएका थिए । चीनको साइबरस्पेस प्रशासनले मोबाइल र मोबाइलमा प्रयोग हुने एप उत्पादकलाई नियमन गर्नका लागि नयाँ कानून अघि सारेको बताइएको छ ।

यस कानूनमार्फत् चीनमा सरकारी नीतिको विरोधमा प्रकाशन गरिने तस्वीर, भिडियो, अन्य अपडेट र सामग्री डाउनलोड गर्न कडाई गरिनेछ ।

हालै लागू गरिएको कानून सन् २०१७ मा इन्टरनेट पोस्टको कमेन्ट सेवालाई नियमन गर्न ल्याइएको कानून कै परिमार्जित रुप रहेको भिओएले उल्लेख गरेको छ ।

सन् २००० यता चीनले इन्टरनेटमा द ग्रेट फायरवाल नामक प्रणाली अपनाएको छ । यस प्रणालीलाई इन्टरनेट सेन्सरसिपका लागि विश्वमै सबैभन्दा कठोर मानिन्छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ३९ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

संकटमा नेपाली चलचित्र बजार : कलेक्सनभन्दा स्टारकाे पारिश्रमिक बढी

काठमाडौँ- ०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभन्दा

मुस्ताङ अस्पतालमा बिरामीको चाप

मुस्ताङ– प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा

धुलिखेल खानेपानी आयोजना पुनर्निर्माण

काभ्रे– २०८१ साल असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर