चीनले ल्यायो नयाँ साइबर कानून | Khabarhub Khabarhub

चीनले ल्यायो नयाँ साइबर कानून


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ कम्युनिष्ट पार्टीको छवि धुमिल्याउने किसिमका सामग्री नियन्त्रण गर्नका लागि चीनले नयाँ साइबर कानून लागू गरेको छ ।

अष्ट्रियाको राजधानी भियनामा रहेको भोइस अगेन्स्ट अटोक्रेसी (भीओए) ले जनाएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको छवि बिगार्ने सामग्री नियन्त्रणका लागि नयाँ इन्टरनेट तथा साइबर कानून ल्याइएको हो ।

कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न भन्दै शून्य कोभिड नीतिअन्तर्गत चीनमा लगाइएको कठोर लकडाउनविरुद्ध गएको नोभेम्बर र डिसेम्बर महिनामा विशाल प्रदर्शन भएका थिए । चीनको साइबरस्पेस प्रशासनले मोबाइल र मोबाइलमा प्रयोग हुने एप उत्पादकलाई नियमन गर्नका लागि नयाँ कानून अघि सारेको बताइएको छ ।

यस कानूनमार्फत् चीनमा सरकारी नीतिको विरोधमा प्रकाशन गरिने तस्वीर, भिडियो, अन्य अपडेट र सामग्री डाउनलोड गर्न कडाई गरिनेछ ।

हालै लागू गरिएको कानून सन् २०१७ मा इन्टरनेट पोस्टको कमेन्ट सेवालाई नियमन गर्न ल्याइएको कानून कै परिमार्जित रुप रहेको भिओएले उल्लेख गरेको छ ।

सन् २००० यता चीनले इन्टरनेटमा द ग्रेट फायरवाल नामक प्रणाली अपनाएको छ । यस प्रणालीलाई इन्टरनेट सेन्सरसिपका लागि विश्वमै सबैभन्दा कठोर मानिन्छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ३९ बजे

स्टार कलाकारको भीड रहेको फिल्म ’वेल्कम टू जङ्गल’को छायाङ्कनमा कठिनाइ

काठमाडौं – निर्देशक अहमद खानलाई फिल्म ‘वेल्कम टू जङ्गल’को छायाङ्कन

‘सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन चाँडो ल्याउन पहल गर्छु’

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो

इरानका छ विमानस्थलमा इजरायली आक्रमण

काठमाडौं– इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको दाबी

इरानका सैन्य स्थलहरूमा इजरायली आक्रमण

एजेन्सी – इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार

काठमाडौंलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको बेहाल (तस्बिरहरू)

काठमाडौं– देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने