जलवायु परिवर्तनका कारण हिमालय र हिन्दुकुशको वातावरण बिग्रँदै « Khabarhub

जलवायु परिवर्तनका कारण हिमालय र हिन्दुकुशको वातावरण बिग्रँदै


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जलवायु परिवर्तनका कारण हिमालय र हिन्दुकुश पर्वतमालाको वातावरण नराम्ररी प्रभावित बन्दै गएको पाइएको छ । युरोप एसिया फाउन्डेसनले हालै प्रकाशन गरेको प्रतिवेदनमा जलवायु परिवर्तनले हिमालय र हिन्दुकुश पर्वतमालाको वातावरणमा प्रतिकूल प्रभाव परिरहेको उल्लेख गरिएको छ ।

यस क्षेत्रमा पानीको स्रोत हिउँ, बरफ, हिमनदी, हिमतालजस्तो ठोस अवस्थामा रहेको उल्लेख गर्दै फाउन्डेसनले विस्तारै यी स्रोत मासिँदै गएको जनाएको छ ।

यस क्षेत्रबाट प्राप्त हुने पानीबाट विश्वको पाँच भागको एक भाग मानिसहरुले जीवन निर्वाह गर्ने गरेको उल्लेख गर्दै फाउन्डेसनले यसको विनाशले नराम्रो अवस्था निम्त्याउने चेतावनी समेत दिएको छ । यसबाहेक पानीको स्रोत विनाश हुँदै गएको खण्डमा कृषि, पशुपालन, वन्यजन्तु, उर्जा लगायतका क्षेत्रमा पनि प्रतिकूल प्रभाव पार्ने प्रतिवेदनमा चेतावनी दिइएको छ ।

यस क्षेत्रमा जलवायु परिवर्तन र यसको प्रभावबारे पर्याप्त अध्ययन, मूल्यांकन नभएको उल्लेख गर्दै फाउन्डेसनले विश्वव्यापी औसतभन्दा यो क्षेत्रमा दोब्बर गतिमा तापक्रम बढिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ५७ बजे

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा