लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस « Khabarhub

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन्  । लुम्बिनी प्रदेशमा सरकारको नतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय पुगेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकारमा दाबी प्रस्तुत गरिएको एमाले प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।

गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको उनले बताए । 

प्रदेश प्रमुख अमिक शेरचनले आज अपराह्न ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेपछि एमालेले सत्तारुढ दलहरूको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको हो । दाबी पेस भएपछि प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।

यसअघि मंगलबार अपराह्न ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले दाबी पेस गर्ने तयारी गरे पनि माओवादी केन्द्रले आलोपालो नेतृत्व गर्नुपर्ने अडान राखेपछि अन्तिम समयमा दाबी प्रक्रिया स्थगित गरिएको थियो । 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ३ : ०६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने