विकास निर्माणमा गति दिन दाहाललाई विश्वासको मत : माधव नेपाल | Khabarhub Khabarhub

विकास निर्माणमा गति दिन दाहाललाई विश्वासको मत : माधव नेपाल


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको बताएका छन् । उनले १५ बुँदे सर्तसहित विश्वासको मत दिएको उल्लेख गरे ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालले जनचाहनाअनुसार काम गर्नेमा आफू आशावादी रहेको बताए । सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग गरिरहने उनको भनाइ थियो । 

अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्री दाहाललाई आग्रह गरे। ‘सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवालमा काम गर्न पार्टीले घचघच्याइ रहने छ’, उनले भने । 

संविधानको मूलमर्म र भावनालाई ध्यान दिएर अघि बढ्न अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सचेत गराए । 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ०० बजे

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक