सुदूरपश्चिमको सभामुख चयनका लागि आज मतदान « Khabarhub

सुदूरपश्चिमको सभामुख चयनका लागि आज मतदान


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज दिउँसो १ बजे मतदान हुँदैछ।

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन्।

भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल छिन् भने रावलको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह छन्। रावल अछाम र भण्डारी बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

५३ सदस्यीय प्रदेश सभामा सभामुख बन्न कम्तीमा २७ मत आवश्यक पर्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसका १९ सांसद हुँदा दोस्रो ठूलो दल माओवादी केन्द्रका ११ र एमालेका १० जना सांसद छन्।

सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ९ : ११ बजे

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा