सुदूरपश्चिमको सभामुख चयनका लागि आज मतदान « Khabarhub

सुदूरपश्चिमको सभामुख चयनका लागि आज मतदान


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज दिउँसो १ बजे मतदान हुँदैछ।

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन्।

भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल छिन् भने रावलको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह छन्। रावल अछाम र भण्डारी बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

५३ सदस्यीय प्रदेश सभामा सभामुख बन्न कम्तीमा २७ मत आवश्यक पर्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसका १९ सांसद हुँदा दोस्रो ठूलो दल माओवादी केन्द्रका ११ र एमालेका १० जना सांसद छन्।

सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ९ : ११ बजे

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको

बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५